त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको शव फेला



नुवाकोट,भदौ १७ । नुवाकोटको विदुर नगरपालिका–५ देबिघाटस्थित त्रिशुली नदीमा सोमबार साँझ हाम फालेर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ ।

विदुर–८ खुर्सानी खोलाकी ५१ वर्षीया उमादेवी भट्टको शव गोरखाको गण्डकी गाउँपालिका चन्द्रोदय माध्यमिक विद्यालयको पारिपट्टि भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको शव आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्