चीन र रुसका राष्ट्रपतिबीच व्यापारिक र रणनीतिक साझेदारीबारे छलफल
चीन,भदौ १७ । चिनीयाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबिच आज चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ ।
भेटका क्रममा चीनियाँ राष्ट्रपति सीले न्यायपूर्ण र तर्कसंगत विश्व शासन प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए । रुसी राष्ट्रपति पुटिनले दुबै मुलुकबीचको सम्बन्ध विगत केही बर्ष यता निक्कै गहिरो भएको बताएका थिए ।
भेटका क्रममा दुबै मुलुकबीच व्यापारिक साथै रणनीतिक सहयोग बढाउने सम्बन्धमा समेत छलफल भएको थियो ।
युक्रेन युद्ध समाप्त गर्ने सम्बन्धमा अमेरिकाले दिएको दबाबलाई राष्ट्रपति पुटिनले बेवास्ता गरिरहेको भन्ने आलोचना भइरहँदा दुबै नेताहरुबीच भेट भएको हो ।
दोस्रो विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवका अवसरमा चीनले भोलि बेइजिङमा आयोजना गर्ने सैन्य परेडमा समेत राष्ट्रपति पुटिन सहभागी हुने कार्यक्रम रहेको छ ।

