अमेरिकाबाट थप ३७ नेपाली निष्कासनमा परे



काठमाडौं,भदौ १८ । अमेरिकाबाट थप ३७ जना नेपाली निष्कासनमा परेका छन् । अमेरिकी प्रशासनले निष्कासन गरेको ३७ जना नेपाली नागरिक केही दिनमा काठमाडौँ आइपुग्ने अध्यागमन विभागले जनाएको छ ।

थप ३७ जना निष्कासनमा परेका सूचना आएको छ, उनीहरू कहिले नेपाल आउँछन् भन्ने यकिन नभएको बताइएको छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सरु भएपछि हालसम्म २१५ जना नेपाली निष्कासनमा परेका छन् ।

निष्कासनमा परेका आएका मध्ये ३ जनाले अमेरिका पठाउने गिरोह विरुद्ध प्रहरीको मानव बेचबिखन ब्युरोमा जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्