नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
काठमाडौँ,भदौ १८ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक समस्या आएपछि बन्द भएको छ ।
टेलिकमले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सीआरबीटी सेवा बन्द रहेको जनाइएको छ ।
साथै, समस्या समाधानका लागि आवश्यक प्राविधिक प्रयासहरू भइरहेको पनि टेलिकमले जनाएको छ ।

