टोलटोलमा वडाको सेवा दिदै शिवपुरी गाउँपालिका वडा नम्बर ६



नुवाकोट,भदौ १८। नुवाकोटको शिवपुरी गाउँपालिका–६ ले वडाको सेवा टोलटोलमै पु¥याउने अभियान अन्तर्गत बुधबार अर्खौलेमा सेवा प्रदान गरेको छ ।

वडा अध्यक्ष विष्णु श्रेष्ठको उपस्थितिमा गरिएको कार्यक्रममा जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइ, नागरिकता सिफारिस लगायतका सेवा उपलब्ध गराइएको हो । साथै, विविध कार्यक्रमका साथै स्थानीय अशक्त नागरिकहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाले सेवाग्राहीलाई सहज र छिटो सेवा पुर्‍याउने उद्देश्यले टोलटोलमै पुगेर सेवा दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्