नुवाकोटमा विद्यालयबाट घर फर्कदै गरेका ४ बालिकालाई बाढीले बगायो, एकको मृत्यु, तीन घाइते
नुवाकोट,भदौ १८ । नुवाकोटको तादी गाउँपालिका–२ चिलाउनेमा बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने तीन बालिका घाइते भएका छन् ।
चिलाउने आधारभूत विद्यालयबाट घर फर्किने क्रममा स्थानीय चिलाउने खोल्सामा आएको ठूलो बाढीले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ ।
घटनामा स्थानीय रामबहादुर तामाङको छोरी वर्ष ६ की सुसिकला तामाङको मृत्यु भएको हो। घाइतेहरुमा जोयस तामाङ, ज्योति तामाङ र सुष्मा तामाङ रहेको स्थानीय युवा प्रदीप शर्माले जानकारी दिए ।
घाइते बालबालिकाको स्थानीय चिलाउने स्वास्थ्य इकाइमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।
यस घटनाले स्थानीयवासीलाई शोकाकुल बनाएको छ ।

