नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आँखा जाँच शिविर सम्पन्न, १५ जनामा अपरेशन आवश्यक



नुवाकोट,भदौ १८ । पञ्चकन्या गाउँपालिका–३ मा नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाले आयोजना गरेको आँखा जाँच शिविर सम्पन्न भएको छ ।

शिविरमा १५७ जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये १४ जनामा मोतियाबिन्दु र १ जनामा आँखामा मासु पलाएको समस्या देखिएको छ । ती १५ जनालाई शल्यक्रिया (अपरेशन) गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

कार्यक्रमको उद्घाटन पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्रमुख अतिथिका रूपमा गरेका थिए ।

शिविरमा सहयोग गर्ने प्राविधिक टोली, जुनियर रेडक्रस सोसाइटी पञ्चकन्या, माध्यमिक विद्यालयलगायत स्थानीय निकायहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्