सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आपत्तिजनक : प्रमुख सचेतक पाण्डे



काठमाडौँ, भदौ १९ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले उक्त निर्णय आपत्तिजनक रहेको बताउँदै माओवादी केन्द्रले यसको विरोध गर्ने स्पष्ट गरे।

उनले सरकारले समयमा काम नगरेको र सञ्चालन हुने वातावरण नमिलाएका कारण समस्या आएको जिकिर गर्दै भने, “नियमन चाहिन्छ तर के–के र कहाँ समस्या हो भन्ने पहिचान गरेर मात्र अगाडि बढ्नुपर्छ।”

पाण्डेले सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्