नुवाकोटको देवीघाट वृद्धाश्रममा कर्मचारीद्वारा खाद्यान्न तथा फलफूल वितरण
नुवाकोट, भदौ २० । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा कर्मचारीहरूले खाद्यान्न तथा फलफूल वितरण गरेका छन्।
वितरण गरिएको सामग्रीमा चामल १० बोरा, दाल १० किलोग्राम, तेल १ बाक्सा, सरफ ५ केजी र साबुन २ बाक्सा रहेका छन्। ती सामग्रीहरू प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, कर्मचारी मिलन केन्द्रकी अध्यक्ष रोशना पोखरेल, केन्द्रीय सदस्य राजकुमार थापा, बागमती प्रदेश उपाध्यक्ष नारायण श्रेष्ठलगायतले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
२५ हजार रुपैयाँ बराबरको ती सामग्री हस्तान्तरण गरिएको ज्येष्ठ नागरिक मानव सेवा आश्रम सञ्चालन कार्य समितिका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए।
हाल उक्त आश्रममा ३८ जना ज्येष्ठ नागरिक आश्रित रहेका छन्।

