संयुक्त संसदीय सुनुवाइ समितिको नेतृत्व खतिवडालाई
काठमाडौं,भदौ २० ।नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा संसदीय सुनुवाइ समितिको सभापति पदमा निर्विरोध चयन भएका छन् ।
शुक्रबार बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा खतिवडालाई सर्वसम्मत सभापति घोषणा गरिएको हो ।
यसअघि ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि सभापति पद खाली थियो । उक्त पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । खतिवडालाई सांसद श्यामकुमार घिमिरेले प्रस्ताव र एमाले सांसद महेश बर्तौलाले समर्थन गरेका थिए ।
खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए । संघीय निजामति सेवा विधेयकमा विवाद भएपछि उनले राजिनामा दिएका थिए ।

