मकवानपुरमा चट्याङ लागी एक जनाको मृत्यु
मकवानपुर, भदौ २१ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ कमेरो पानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शुक्रबार राति करिब १०ः३० बजे बारा जिल्ला निजगढ नगरपालिका–१३ बस्ने ३७ वर्षीय बुद्ध बहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो।
हेटौँडा–१६ सानो आकाशधारा घर भएका प्रजा किराना पसलतर्फ जाँदै गर्दा धनबहादुर स्याङतानले सञ्चालन गरेको पसल अगाडि चट्याङ लागेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार घटनास्थललाई सुरक्षित राखी मुचुल्का तयार पार्ने कामसहित थप अनुसन्धान भइरहेको छ।

