ललितपुरमा मन्त्री सवार गाडीको ठक्कर, बालिका घाइते



काठमाडौँ, भदौ २१ । ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन्। घाइते बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले)को विधान महाधिवेशनतर्फ जाँदै गरेको गाडीले हरिसिद्धी मावि अगाडि जेब्राक्रसिङमै बालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन्।

घटनापछि आक्रोशित स्थानीयले सातदोबाटो–गोदावरी सडक केहीबेर अवरुद्ध गरेका थिए। ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार गाडी नियन्त्रणमा लिइएको छ।

उमले प्रदेशमन्त्रीको गाडीले ठक्कर दिएको पुष्टि भए पनि कुन मन्त्री सवार थिए भन्नेबारे खुल्न बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्