विदुरमा बाढीले अवरुद्ध सडक सुचारु गर्ने प्रयास जारी
विदुर, भदौ २१ । अबिरल वर्षाका कारण विदुर नगरपालिका–८ र १३ स्थित खुर्सानी खोलामा आएको बाढीले सडक कटान हुँदा आवागमन अवरुद्ध भएको छ।
सडक सुचारु गराउन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले सम्बन्धित वडाध्यक्षहरूसँग समन्वय गर्दै नगरपालिकाको हेभी उपकरण तथा जनशक्ति परिचालन गर्ने कार्य अघि बढाएका छन् ।
नगरपालिकाले तत्काल सडक मर्मत र यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाइएको छ।

