संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव : देउवा



विराटनगर, भदौ २१ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन दलहरूको सहमतिबिना सम्भव नहुने स्पष्ट पार्नुभएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संविधान संशोधनका लागि दुई-तिहाइ बहुमत आवश्यक हुने भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर मात्र अघि बढाइने बताउनुभयो।

कांग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गर्दै देउवाले मन्त्रीहरूको कार्यसम्पादनबारे उठेका प्रश्नमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो।

सामाजिक सञ्जालसम्बन्धी विवादबारे देउवाले सरकारले बन्द गर्ने नभई अदालतको आदेशअनुसार दर्ता प्रक्रिया मात्र अघि बढाएको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्