इन्द्र जात्राको अवसरमा ज्योतिकुन्ज एकेडेमीमा कुमारी र लाखे नाच प्रदर्शन



नुवाकोट,भदौ २१। नुवाकोटको लिखु गाउँपालिका–६ स्थित ज्योतिकुन्ज एकेडेमीले विद्यार्थीहरूको पठनपाठनलाई नेपाली संस्कृति, परम्परा र चाडपर्वसँग जोड्ने उद्देश्यका साथ इन्द्र जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले कुमारी र लाखे बनी नाच प्रदर्शन गरेका हुन्।

लाखे नाच प्रदर्शनका लागि भट्टथोक छहरे नेवार समाजले सहजीकरण गरेको विद्यालयका प्रधानाध्यापक रबिन्द्र डङ्गोलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्