भद्रुटारमा आँखा स्वास्थ्य शिबिर सम्पन्न, २५८ जनाको जाँच



नुवाकोट,भदौ २१ । पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित बुढिशेरामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले आयोजना गरेको आँखा जाँच शिबिरमा २५८ जनाले निःशुल्क सेवा लिएका छन्।

शुक्रबार सम्पन्न शिबिरमा २६ जनामा मोतियाबिन्दु र ४ जनाको आँखामा मासु पलाएको फेला परेपछि जम्मा ३० जनाको शल्यक्रिया आवश्यक रहेको चिकित्सक टोलीले जनाएको छ।

सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख तारा वाईवाको नेतृत्वमा चिकित्सक टोलीले सेवा दिएको शिबिर वडा नं. ५ का वडाध्यक्ष माधव प्रसाद सिटौला, पञ्चकन्या उपशाखा सभापति बालकृष्ण पराजुली, सदस्य अर्जुन थापा, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा जुरेसका विद्यार्थीहरूको सहजीकरणमा सम्पन्न भएको हो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी, रेडक्रसका स्वयंसेवक, विद्यार्थी तथा सञ्चारकर्मीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्