नुवाकोटको जनज्ञान निकेतन माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजको प्रथम अधिवेशन सम्पन्न



नुवाकोट,भदौ २२ । शिवपुरी गाउँपालिका–८ थापागाउँस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन समेत गरिएको छ।

कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलिया प्रमुख अतिथि र वडा नं. ८ का अध्यक्ष केशवप्रसाद रिजाल विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए। समाजका अध्यक्ष भरतप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न अधिवेशनमा २०४० सालको एसएलसीदेखि अध्ययन गरेका पूर्वविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनबाट भरतप्रसाद पाठक अध्यक्ष, यादवप्रसाद पाण्डे उपाध्यक्ष, मधु पाण्डे सचिव, प्रतिमा श्रेष्ठ सहसचिव, मिनु पाण्डे कोषाध्यक्ष र सदस्यमा रविनप्रसाद थपलिया, केदार थपलिया, राजेन्द्र पाण्डे, अर्जुन गिरि, संगिता थापा, उमा गौतम, राधिका लोहनी, जनक थपलिया, पशुपति पाण्डे र नवराज रिजाल निर्वाचित भएका छन्। साथै रमेश कुमार पाठक सल्लाहकार संयोजक बनेका छन्।

नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सहभागीहरूले कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए। अधिवेशनलाई विद्यालयप्रति पूर्वविद्यार्थीहरूको योगदान र सहकार्यलाई संस्थागत गर्ने महत्वपूर्ण कदमको रूपमा लिइएको विद्यालयका हाल प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्