म्याग्दीमा जिपको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु



म्याग्दी,भदौ २२ । सदरमुकाम बेनीबजारस्थित गणेशटोलमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मुस्ताङबाट पोखरा जाँदै गरेको बा २६३६ नम्बरको डिमेक्स हाईलेक्स जिपले ठक्कर दिँदा बेनी नगरपालिका–८ मा पैदल हिँडिरहेका जिल्ला पर्वत जलजला गाउँपालिका–७ का तीन वर्षीय रियास सुनारको ज्यान गएको हो।

ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल बेनी लगिएको थियो। तर, राति पौने ९ बजे चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

‘‘बालकलाई चिन्ताजनक अवस्थामा अस्पताल पु¥याइएको थियो। घटनापछि चालकलाई नियन्त्रणमा लिइएको छ,’’ निरीक्षक पौडेलले भने । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्