सप्तरीमा देवधार खोलाको किनारमा अज्ञात महिलाको शव फेला
सप्तरी, भदौ २२ । सप्तरीको शम्भुनाथ नगरपालिका–७, भंगाहा स्थित देवधार खोलाको किनारमा करिब ४५ वर्षीया एक महिलाको शव फेला परेको छ।
शनिबार साँझ खोलाको पूर्वपट्टि काशघारी नजिक अज्ञात महिलाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा लगिएको प्रहरीले जनाएको छ।

