सुनको मुल्य ४ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ छ त कारोबार



काठमाडौं,भदौ २३। नेपाली बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा रहेको सुनको मुल्य आज घटेको छ।

सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ११ हजार ६०० रूपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदी पनि उच्च विन्दुमा पुगेर ओरालो लागेको छ। सोमबार चाँदी तोलामा २५ रुपैयाँले घटेको हो।

प्रतिक्रिया दिनुहोस्