सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्याँस प्रहार



काठमाडौँ,भदौ २३। सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा आयोजित प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

निषेधाज्ञा तोड्दै नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो। माइतीघरबाट सुरु भएको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको थियो।

यस्तै, तिनकुनेतर्फबाट अघि बढेको अर्को समूह समेत संसद भवनको मुख्य गेट अगाडि पुगेको छ। माइतीघरबाट आएको प्रदर्शनकारी पनि संसद भवन अगाडि नै जम्मा भएका छन्।

प्रदर्शनमा उल्लेख्य संख्यामा युवाको सहभागिता देखिएको छ भने सुरक्षा निकायले संसद भवन क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्