आन्दोलनकारीद्वारा संसद भवनमा आगजनी, आगो नियन्त्रण बाहिर
काठमाडौँ,भदौ २३। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जारी प्रदर्शन हिंसात्मक बन्दै संसद भवनमा आगजनी भएको छ।
आन्दोलनकारीहरूले प्रदर्शन भड्किएपछि संसद भवनको २ नम्बर गेटमा आगो लगाएका हुन्। अहिले आगो तीव्र रुपमा फैलिएको र नियन्त्रणमा लिन नसकिएको सुरक्षाकर्मीहरूले जनाएका छन्।
दमकल घटनास्थलसम्म पुग्न नसक्दा आगो नियन्त्रण प्रयास प्रभावित भएको छ। सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने संसद भवन वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

