जेनजीको प्रदर्शनमा प्रहरीको गोली, एक जनाको मृत्यु
काठमाडौँ,भदौ २३ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले आयोजना गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ।
नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका ती प्रदर्शनकारीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार हालसम्म ७०–८० जना घाइते उपचाररत छन्।
मृतकको परिचय खुल्न बाँकी रहेको र यसबारे विस्तृत विवरण आउन बाँकी रहेको अस्पतालले जनाएको छ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेका बेला गोली प्रहार भएको बताइएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससँगै गोली प्रहार गरेको हो।

