जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो



काठमाडौँ,भदौ २३। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले आयोजना गरेको प्रदर्शनमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भइसकेको थियो। यससँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

प्रदर्शनका क्रममा धेरैलाई गोली लागेको भए पनि अहिलेसम्म कति जनालाई गोली लागेको हो भन्नेबारे प्रष्ट विवरण आइसकेको छैन। दिउँसो साढे १२ बजेदेखि कर्फ्यू जारी भए पनि आन्दोलन रोकिएको छैन।

सडकमा अझै ठूलो संख्यामा प्रदर्शनकारी रहेको र अवस्था तनावग्रस्त बनेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्