जेन–जी प्रदर्शनमा गोली लागी सात जनाको मृत्यु
काठमाडौँ,भदौ २३ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले थालेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर संसद भवनको गेटमै एक जनाको मृत्यु भएको छ। त्यस्तै, बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत दुई जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत चार जनाको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
प्रदर्शनका क्रममा ठूलो संख्यामा घाइते भएकामध्ये कतिलाई गोली लागेको छ भन्ने यकिन विवरण आउन बाँकी छ। सरकारले दिउँसोदेखि कर्फ्यू जारी गरे पनि प्रदर्शन रोकिएको छैन।
अहिलेसम्म मृत्यु र घाइतेको संख्या बढ्दै गएको भन्दै सुरक्षाकर्मीलाई सतर्क रहन निर्देशन दिइएको जनाइएको छ।

