पोखराको सहिदचोक आसपास निषेधित क्षेत्र घोषणा



पोखरा,भदौ २३। जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराको सहिदचोक क्षेत्र आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट (बैदाम), उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैङ्कचोक (दक्षिण–पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइड) सम्म निषेधित क्षेत्र तोकिएको हो।

‘जेनजी’ पुस्ताद्वारा सञ्चालन भइरहेको प्रदर्शन अराजक बन्दै गएपछि जनसुरक्षाको दृष्टिले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्