थप एककाे मृत्यु, मृतक संख्या १४ पुग्याे



काठमाडाैं,भदौ २३ । सिभिल अस्पतालमा उपचाररत थप एक जनाकाे मृत्यु भएकाे छ । योसँगै जेनजी आन्दोलनका क्रममा मत्यु हुनेको संख्या १४ पुगेको छ ।

अहिले सम्म ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना गरी १४ जनाले ज्यान गुमाइ सकेका छन् ।

यस्तै आन्दोलनका क्रममा घाइते हुनेकाे यकिन विवरण आउन सकेकाे छैन । सिभिल अस्पताल, ट्रमासेन्टर, केएमसी, टिचिङ लगायत अस्पतालमा घाइतेहरूकाे उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्