जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो
काठमाडौं, भदौ २३। सामाजिक सञ्जाल बन्दको विरोधमा हिंसात्मक बनेको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
अस्पताल स्रोतका अनुसार ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएपछि त्यहाँ मात्रै मृतकको संख्या ८ पुगेको छ। यससँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो।
सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थुप्रैलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्थिति अझै तनावग्रस्त रहेकाले मृतकको संख्या थप बढ्ने आशंका गरिएको छ।

