गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
काठमाडौँ, भदौ २३ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक रूप लिन पुगेको थियो। सो क्रममा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्। ठूलो मानवीय क्षतिको घटना भएपछि गृहमन्त्री लेखकले आफूले यसको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिएका हुन्।
राजीनामापछि उत्पन्न परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे मन्त्रिपरिषद्ले थप छलफल गर्ने बताइएको छ।

