जेनजी आन्दोलनका घाइतेलाई ग्राण्डी अस्पतालले निःशुल्क उपचार गर्ने
काठमाडौँ,भदौ २३ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले काठमाडौंसहित देशका विभिन्न जिल्लामा भएको जेनजी युवाहरूको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते हुने सबैलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने घोषणा गरेको छ।
“यस आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गर्दछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
अस्पतालले आवश्यक सेवाका लागि सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। निःशुल्क उपचारका लागि ९८०१२०२५७२ र रगत व्यवस्थापनका लागि ९८०१२०२५०३ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ।

