नुवाकोटका नेता तथा तरुण दल केन्द्रीय सदस्य संजीव गुरुङले कांग्रेस परित्यागको घोषणा
काठमाडौँ,भदौ २४ — नुवाकोट काङ्ग्रेसका युवा नेता एवम् तरुण दलका केन्द्रीय सदस्य संजीव गुरुङले नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेका छन्। मंगलबार सामाजिक संजालमार्फत उनले राज्यमा ठूलो आतंक मच्चिँदा पनि कांग्रेस सत्ता लिप्त भएर बसिरहेको भन्दै पार्टीसँग सम्बन्ध विच्छेद गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
‘राज्यमा यति ठूलो आतंक मच्चाइरहँदा नेपाली कांग्रेस पार्टी सत्ता लिप्त भई सत्तामा बसिरहँदा म यही संगठनको कार्यकर्ता हुँ। र आजैबाट घोषणा गरे म यो पार्टीको साधारण कार्यकर्ता पनि नरहने गरी पार्टी परित्याग गर्छु,’ गुरुङले भनेका छन्।
उनले अब पार्टीसँग कुनै किसिमको सरोकार नरहेको भन्दै आफ्नो औपचारिक राजीनामा पनि बुझाउने तयारी गरेको बताएका छन्।

