जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति पञ्चकन्या गाउँपालिकाद्वारा श्रद्धाञ्जली एवं मौनधारण
नुवाकोट,भदौ २४— जेनजी आन्दोलनअन्तर्गत सोमबारको प्रदर्शनमा ज्यान गुमाउने प्रति पञ्चकन्या गाउँपालिकाले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ।
गाउँपालिकाले आज कार्यालय सञ्चालन गर्नु अघि एक मिनेट मौनधारण गरी मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको हो। साथै, आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
श्रद्धाञ्जली कार्यक्रम गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत हिराधन राईसहित सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

