अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा



काठमाडाैं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

आन्दोलन सुरु गरेको दोस्रो दिन नै जेनजी आन्दोलनकारीहरुले नेपालको सत्ता कब्जा गर्ने स्थिति आएपछि प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले राजीनामा दिएकाे उनकाे सचिवालयले पुष्टि गरेकाे हाे ।

‘सम्बत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु ‘ राष्ट्रपति समक्ष बुझाएकाे राजिनामा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्