नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने रिहा
काठमाडौँ,भदौ २४— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएका छन्।
कारागार प्रशासनले सुरक्षा जिम्मेवारी लिन नसक्ने बताएपछि उनको परिवारको जिम्मामा रिहा गरिएको रास्वपाका एक नेताले जानकारी दिए। “हामी सुरक्षा गर्न सक्दैनौँ, तपाईँहरूले लगेर सुरक्षा गर्नुहोस् भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्,” ती नेताले भने।
लामिछानेलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी थिइन्। उनी रिहा भएपछि गेटबाहिर ठूलो संख्यामा उपस्थित समर्थकबीच हात हल्लाउँदै भेटघाट गरेका छन्। समर्थकहरूले नाराबाजी गर्दै उनको स्वागत गरेका थिए।

