नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण : भारतीय प्रधानमन्त्री मोदी
काठमाडौँ,भदौ २५— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भइरहेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्।
मंगलबार दिनभरको भ्रमणपछि सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालका घटनाक्रमबारे छलफल गरिएको जानकारी दिँदै मोदीले सामाजिक सञ्जालमार्फत आफ्नो भाव प्रकट गरेका हुन्।
उनले भनेका छन्, “नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ। म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु।”

