जेनजी प्रदर्शनका कारण बुधबार मध्यान्ह १२ बजेसम्म त्रिभुवन विमानस्थल बन्द
काठमाडौं,भदौ २५ — जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २ः३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म पनि सञ्चालनमा नआउने भएको छ।
बुद्ध एयरले सूचना जारी गर्दै उडान स्थगित भएको र यात्रु वर्गलाई परेको असुविधाप्रति माफी मागेको छ। कम्पनीले टिकट काटेका यात्रुको पैसा फिर्ता गरिने जनाएको छ।
वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ। साथै, जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ।

