नुवाकोटको लिखु भेगका अस्थायी प्रहरी चौकी स्थानान्तरण
नुवाकोट,भदौ २५ — पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै नुवाकोट जिल्लाको लिखु र शिवपुरी क्षेत्रका सबै अस्थायी प्रहरी चौकी स्थानान्तरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार लिखु गाउँपालिकामा रहेको थान्सिङ अस्थायी प्रहरी चौकी, शिवपुरी गाउँपालिकामा रहेको गुर्जे प्रहरी चौकी, सेराबगर प्रहरी चौकी र सिक्रे प्रहरी चौकीका प्रहरीलाई अस्थायी रूपमा ढिकुरे प्रहरी चौकीमा राखिएको हो।
जिल्लास्थित एक प्रहरी अधिकारीका अनुसार सुरक्षाको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। सहज परिस्थिति हुने बित्तिकै आजै बेलुकीसम्म प्रहरीलाई सम्बन्धित ठाउँमा खटाइने उनले बताए ।

