बझाङ कारागारबाट भागेका ४ कैदी प्रहरीको नियन्त्रणमा
बझाङ,भदौ २५ । बझाङ कारागारबाट भागेका कैदीमध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ।
जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये गए राति ६५ जना कैदीले जेल तोडेर फरार भएका थिए। प्रहरी प्रशासनले तत्काल खोजी कार्य थालेको थियो भने तीमध्ये ४ जना कैदीलाई राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घटनापछि सम्पूर्ण सुरक्षा निकाय उच्च सतर्क अवस्थामा रहेका छन्। बाँकी फरार कैदीहरूको खोजी कार्यलाई तीव्र पारिएको प्रहरी स्रोतले जनाएको छ।
उक्त घटनापछि कारागार परिसर वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने स्थानीय बासिन्दालाई पनि कुनै जानकारी भएमा तत्काल प्रहरीलाई सूचित गर्न आग्रह गरिएको छ। अहिले जिल्ला कारागार बझाङ मा २४जना कैदीबन्दी रहेका छन्।

