जेनजी आन्दोलनका कारण गौरीफन्टा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक



कैलाली,भदौ २५ — नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको छ। कैलालीस्थित नेपाल–भारत सिमानाको गौरीफन्टा नाका पूर्ण रूपमा बन्द गरिएको हो।

भारतीय सुरक्षाकर्मीले मंगलबारदेखि नाका बन्द गर्दै नेपालतर्फबाट भारत प्रवेश गर्न लागेका सयौँ नेपालीलाई रोकेको स्थानीय प्रशासनले जनाएको छ। यसैगरी भारतबाट नेपाल फर्किन लागेकाहरूसमेत अलपत्र परेका छन्।

नाकामा रोक लगाएपछि सीमावर्ती भारतीय बजारमा पुगेका कैयौँ नेपालीहरू समस्यामा परेका छन्। स्थानीय प्रहरी प्रशासनका अनुसार जेनजी आन्दोलनका कारण सुरक्षा चासो बढेपछि भारतले प्रवेशमा रोक लगाएको जानकारी आएको छ।

प्रतिक्रिया दिनुहोस्