नुवाकोटमा एक वृद्ध मृत फेला
नुवाकोट, भदौ २५ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलोपाटा नजिकैको नेवार टोलमा एक वृद्ध मृत भेटिएका छन् ।
बुधबार बिहान वर्ष ७८ का रामकृष्ण श्रेष्ठ आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। स्थानीयवासीले प्रहरीलाई जानकारी दिएपछि घटनास्थलमा पुगेको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घटनाको कारण अहिलेसम्म खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

