नेपालका आन्तरिक समस्या स्वयम् नेपालीहरूले समाधान गर्छन् भन्ने आशा: चीन



काठमाडौं,भदौ २५— नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीनले वक्तव्य जारी गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपाल र चीनबीच परम्परागत मित्रता र छिमेकी सम्बन्ध रहेको उल्लेख गर्दै नेपालभित्रका समस्या नेपालीहरूले आफैं समाधान गर्ने विश्वास व्यक्त गरिन्।

प्रवक्ता माओले भनिन्, “आशा छ कि नेपालका विभिन्न क्षेत्रले आन्तरिक समस्याहरूलाई सही तरिकाले समाधान गर्नेछन् र चाँडै देशमा व्यवस्था र स्थिरता फर्काउनेछन्।”

सोमबार र मंगलबार ‘जेन–जी’ समूहको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। त्यहीबेला राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी समूहलाई वार्ताका लागि निम्तो दिएका छन्। समूहले अहिले राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ताका लागि प्रतिनिधि चयन गर्ने प्रक्रिया अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्