आज देशभर सामान्य बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना



काठमाडौँ, भदौ २६  — देशभर बिहीबार सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान वरिपरि र पश्चिमतर्फ केही उत्तरतिर अवस्थित छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा र कोशी प्रदेशको पहाड तथा मधेश, गण्डकी र लुम्बिनीका तराईका क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्