रामेछाप कारागारमा गोली चल्दा ३ को मृत्यु



रामेछाप,भदौ २६ । जिल्ला कारागार रामेछापमा रहेका कैदीबन्दिहरु भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहानै कारागार भित्र रहेका कैदीबन्दिहरुले जेलको  भित्रको गेट तोडेर बाहिरी गेट तोड्न लागेपछि सेनाले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा ३ जनाको मृत्यु भएको हे । अस्पतालमा ल्याइएका घाइते मध्ये ३ जना मृत्यु भएको रामेछाप अस्पतालले जनाएको छ । गोली लागेर १३ जना  कैदीहरू घाइते भएको रामेछापका प्रजिअ श्यामकृष्ण थापाले जानकारी दिए ।

बिहानै कारागार परिसरमा गोली चलेको आवाज सुनिएको  रामेछाप बजारका स्थानीयहरूले बताएका छन् । घाइते कैदीबन्दिहरुलाई अहिले जिल्ला अस्पताल रामेछापमा उपचारका लागि लगिएको छ । रामेछाप कारागारमा ३ सय ३५ जना कैदीबन्दिहरु रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । अहिले स्थिति नियन्त्रणमा आइसकेको रामेछाप प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्