रसुवा कारागार बाट बाहिरिएका अन्ठानब्बे कैदी बन्दी मध्ये ६३ कैदी पुनः नियन्त्रणमा



रसुवा,भदौ २६- रसुवाको सदरमुकाम धुन्चेमा रहेको कारागार बाट बाहिरिएका ९८ जना कैदी बन्दी मध्ये ६३ जनालाई पुनः नियन्त्रणमा लिइएको छ ।

जेन–जी आन्दोलनको आवरणमा बुधवार बिहान धुन्चे बाट कारागार बाट बाहिरिएका कैदीहरूलाई सेनाको श्री श्रीनाथ गण, ख गुल्म कालिका स्थान बाट खटिएको विशेष टोलीले सञ्चालन गरेको अपरेसन मार्फत २९ जना कैदी पक्राउ गरी कारागार ल्याइएको छ भने ग्र्राङ प्रहरी चौकी र श्री श्रीनाथ गणको संयुक्त टोलीले थप कैदीहरूलाई नियन्त्रणमा लिई धुन्चे कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेम बहादुर शाहीले जानकारी दिए । कारागारमा रहेका ९८ जना कैदी मध्ये बाहिरिएका अन्य कैदी बन्दिहरुको खोजी भई रहेको जनाइएको छ ।

सुरक्षा निकायका अनुसार सर्वसाधारणलाई सतर्क रहन र कैदी बन्दी सम्बन्धी कुनै जानकारी भए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्