त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपर्वपछि मात्र सुरु हुने



काठमाडौँ, भदौ २६— त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी कात्तिक ११ गतेपछि मात्र पठनपाठन सुरु गर्ने भएको छ। असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न असम्भव भएको भन्दै त्रिविले आज सूचना जारी गरेको हो।

सूचनामा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ।”

यसअनुसार विश्वविद्यालयमा अब छठपर्व सम्पन्न भएपछि मात्र पठनपाठन सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्