तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला



काठमाडौँ, भदौ २६ — राजधानीको तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार अन्दाजी ३० देखि ३५ वर्ष उमेर समूहका एक पुरुष र एक महिलाको शव भेटिएको हो। अहिले घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूको परिचय भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्