पूर्व राष्ट्रपति भण्डारी : संवैधानिक प्रावधानअनुसारै मुलुकलाई निकास दिनुपर्छ



काठमाडौँ,भदौ २६ — पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले जेनजी आन्दोलनपछि प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको अवस्थामा राष्ट्रपति र अन्य जननिर्वाचित संस्थाहरू यथावत् रहेकाले संविधानमै आधारित रहेर मुलुकलाई राजनीतिक निकास दिन आवश्यक भएको बताइन ।

भण्डारीले आन्दोलनरत पक्षको माग र आकांक्षालाई समेत सम्बोधन गर्नेगरी संविधानिक व्यवस्था अनुसार समाधान खोज्न सकिने उल्लेख गर्दै राजनीतिक दल र सम्बद्ध निकायहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिइन।

उनले जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै हिंसात्मक गतिविधि कसरी भए भन्नेबारे गहन समीक्षा गर्नुपर्ने आग्रह पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्