देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौँ, भदौ २७ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकाले देशभर सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागले सम्भावित वर्षाका कारण बाढी, पहिरो र भू–स्खलनको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहनसमेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्