सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौं,भदौ २७। नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आज शुक्रबार पनि सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।
आज शुक्रबार सुनको भाउ तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ बढेको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ रहेको चाँदी शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

