जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमाडौँ, भदौ २७ – जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी र एक भारतीय महिलासहित ५१ जनाको ज्यान गएको पुष्टि भएको हो।
प्रहरीका अनुसार पहिलो दिन मात्रै २१ जनाको मृत्यु भएको थियो। त्यस क्रममा नौ जना कैदी र पाँच जना बाल सुधार गृहमा रहेका बालबालिकाको मृत्यु भएको थियो। हालसम्म केही व्यक्तिहरू जलेको अवस्थामा फेला परेका छन्।
डीआईजी घिमिरेले मृत्यु हुनेमध्ये काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लाका पीडित पनि रहेका बताए। प्रहरीका अनुसार मृत्यु हुनेमध्ये केहीको सनाखत अझै हुन बाँकी छ।

